अभिनेता संजय दत्तको जीवनीमा फिल्म बन्ने भएको छ । राजकुमार हिरानीलाई संजयले फिल्म निर्माण गर्ने अनुमती मात्र दिएका छैनन्, आफ्नो जीवनको कथा २५ दिन लगाएर सुनाईसकेका छन् ।
.jpg)
रणवीर कपूरले अभिनय गर्ने भनिएको संजयको बायोपिक फिल्मका बारेमा निर्देशक हिरानीले भनेका छन्, 'संजयको कथामा कुनै काल्पनिक घटना राखिने छैन । उनको जीवनमा घटेका राम्रा नराम्रा घटनालाई घटबढ नगरी फिल्ममा प्रस्तुत गरिने छ । दर्शकले साँचो कुरा मात्र देख्न पाउने छन् ।'
हिरानीलाई लागेको थियो संजयलाई नजिकबाट नै चिन्छु । जब उनले जिवनकथा नै सुने तब लाग्यो उनले संजयको बारेमा केही बुझेकै छैनन् । हिरानी भन्छन्, 'संजुलाई ममाथी पूर्ण भरोशा छ । त्यसैले उनको भरोशा नतोडी इमान्दार भएर फिल्म बनाउने छु ।'

हिरानीले संजयको कथा तीन भागमा देखाईने बताए । पहिलो भागमा बाल्यकाल, फिल्मा क्षेत्रको प्रवेश र लागुपदार्थ दुर्व्यासनीको कथा देखाईने छ भने दोस्रो भागमा उनको फिल्म जीवनको सफल यात्रा, जीवनमा आएका उतारचढाव र प्रेम अनि विवाहका प्रसँग देखाईने छ । यस्तै तेस्रो भागमा जेल जीवनसँगै मान्यतासँगको बिहेको कथा हुनेछ ।
स्मरण रहोस् बलिउडमा फरक फिल्म बनाउने फिल्मकर्मीको रूपमा परिचित हिरानीले पहिलो पटक निर्देशन गरेको फिल्म 'मुन्ना भाइ एमबिबिएस' हो जसको मुख्य पात्र संजय दत्त नै थिए । यस्तै उनको दोस्रो फिल्म 'लगे रहो मुन्ना भाइ'मा पनि संजय नै मुख्य अभिनेता थिए । उनको पछिल्लो फिल्म 'पीके'मा पनि संजयको अभिनय हेर्न सकिन्छ ।

