Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सबैका लागि `लभ यू बाबा`

फिल्मीखबर, काठमाण्डौ, 2014/12/02
आठ बर्षे बालक सौगात बिष्टले निर्देशन गरेको फिल्म 'लभ यू बाबा'ले चलचित्र जाँच समितिबाट 'युनिभर्सल' सर्टिफिकेट पाएको छ । मंगलबार फिल्म हेरेपश्चात सबै वर्गका दर्शकले फिल्मा हेर्न पाउने गरे सेन्सर बोर्ड सदस्यले 'यू' सर्टिफिकेट दिएका हुन् ।
 
 
आठ बर्षे बालकले फिल्म निर्देशन गर्नु आँफैमा अचम्म हो । त्यसैमाथि मन नै छुने फिल्म बनाएपछि सेन्सर बोर्डका सदस्यले सौगातलाई बधाई दिन कन्जुस्याईं गरेनन् । राम्रो फिल्म बनाएकोमा बधाई मात्र दिएनन् सौगातसँग फोटो समेत खिचाए । अभिनेत्री समेत रहेकी सेन्सर बोर्ड सदस्य मेलिना मानन्धरले त सौगातलाई चुम्बन नै गरिन् ।
 
 
आगामी मंसिर २६ गतेबाट प्रदर्शनमा आउन लागेको 'लभ यू बाबा'ले बाबु र छोरीको प्रेमकथालाई देखाउँछ । फिल्ममा गजित बिष्ट र संगम बिष्ट केन्द्रिय भूमिकामा छन् । फिल्मलाई सम्झना पोखरेलले निर्माण गरेकी हुन् ।           
Most Visited News (monthly)