मोडलिङमा चलेकी मोडल अकेशा बिष्ट फिल्म 'जिन्दगी रक्स'बाट नेपाली फिल्म क्षेत्रमा पाइला राख्दै छिन् । अकेशाले आफू धेरै फिल्म नखेल्ने बताउँदै पनि आएकी छिन् । उनको परिवार पनि फिल्मको बिषयमा केही कडा रहेको छ ।
अकेशा फिल्म सुटिङका लागि पुग्दा उनको आमा पनि साथमा नै जाने गरेको बुझ्नमा आएको छ । फिल्म क्षेत्रमा सुनिने विभिन्न खालका नकारात्मक हल्लाले गर्दा पनि अकेशालाई उनको परिवारले नछोडेको हुनसक्छ ।
बिशेषगरी काठमाण्डौ बाहिरको सुटिङमा अकेशा एक्लै जन्थिनन् । उनको आमा हुँदा सुटिङमा रमाईलो नै हुने गरेको निर्माण युनिटको भनाई छ । उनका बुवा पनि सुटिङमा पुगेका थिए । बुवा सहयोगी भएका कारण सुटिङमा सहजता भएको युनिट बताउँछ ।
निकेश खड्काको निर्देशनमा बनेको यो फिल्म पौष १८ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्ममा अकेशासँगै सौरमराज तुलाधर, सोनम पाख्रिन, प्रकृति श्रेष्ठ, ऋचा शर्मा, राजेन्द्र खड्गी, मकन राई, विनोद मैनाली, विक्की पुलामी, हर्कराज घलान लगायतका कलाकारको अभिनय रहेको छ ।

