Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

आर्यन र केकी फेरि उत्कृष्ट (विजेताको सूचीसहित)

फिल्मीखबर, काठमाण्डौ, 2014/12/03
अभिनेता आर्यन सिग्देल र अभिनेत्री पुन: उत्कृष्ट ठहरिएका छन् । बुधवार सम्पन्न 'डी सिने फिल्म अवार्ड २०७१'मा आर्यन र केकीले फिल्म 'महशुस'बाट उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड हात पारे ।
 
 
आर्यन बैशाखीको साहारामा अवार्ड थाप्न पुगेका थिए भने केकी अष्ट्रेलियामा रहेकाले आफ्नो अवार्ड आँफैले लिन पाइनन् । आर्यन र केकीले गएको सोमबार मात्रै 'सिजी कामना फिल्म अवार्ड'मा 'महशुस' फिल्मबाट नै उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड पाएका थिए ।   
 
 
 
 
 
छायाँछबि क्रियशनले आयोजना गरेको उक्त अवार्ड समारोहमा 'मोक्ष' फिल्म उत्कृष्ट ठहरियो भने 'नाईं नभन्नु ल २'बाट निर्देशक विकास आचार्यले उत्कृष्ट निर्देशकको अवार्ड पाए । आचार्य पनि अवार्ड थाप्न पुगेनन् । पिताको स्वर्गवास भएको बर्ष दिन पूरा नभएको भन्दै आचार्यले समारोहमा देखिएनन् । 
 
यता अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता अर्पण थापाले 'मौन' फिल्मबाट क्रिटिक्स अवार्ड पाउँदा अभिनेत्री प्रियंका कार्कीले भने 'नाईं नभन्नु ल २'बाट सह-अभिनेत्रीको अवार्ड पाईन् । यस्तै सञ्चारकर्मी समेत रहेका श्याम अर्यालले 'प्रोड्यूसर' फिल्मबाट नव अभिनेताको अवार्ड पाए भने नव अभिनेत्रीको अवार्ड पूजा शर्माले 'मधुमाश' फिल्मबाट पाईन् । नव निर्देशकको अवार्ड 'मोक्ष'बाट प्रवीन श्रेष्ठले पाए ।    
 
 
 
अवार्ड कार्यक्रममा ‘फिल्मकर्मी रजत सम्मान’बाट अभिनेत्री मिथिला शर्मा र डिजाइनर सुन्दर श्रेष्ठलाई सम्मानित गरियो । ‘छायाँछवि पत्रकारिता पुरस्कार’ चलचित्र पत्रकार विदुर गिरीलाई नगद ६ हजार ६ सय ६६ सहित प्रदान गरियो । 
 
अवार्ड कार्यक्रममा प्रस्तुत गरिएका विभिन्न नृत्य, गायन र कमेडी पाटोले दर्शकलाई मनोरञ्जन दिएका थिए । फिल्म 'जिन्दगी रक्स'का कलाकारको नृत्यबाट सुरु भएको अवार्ड कार्यक्रममा हाँस्यकलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको कमेडीले अझ रोचक बन्यो । 
 
 
 
फिल्म 'अधकट्टी'का कलाकारहरु गौरव पहारी, रिस्ता बस्नेत, प्रदिप बाँस्तोला र अशिष्मा नकर्मीले फिल्मकै गीतमा नृत्य गरे । फिल्म 'अलबिदा'को गीत गाउन स्टेजमा गायक ताराप्रकाश लिम्बु र गायिका रजिना रिमाल देखिए । नव गायिका मेलिना राईले 'नाईं नभन्नु ल ३'को गीत गाईन् भने रजनी केसीले 'प्रवास'को गीतमा डान्स गरिन् । 
 
यस्तै मंसिर २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'लभ यू बाबा'का कलाकारहरु गजित बिष्ट, संगम बिष्ट, निष्मा घिमिरेले कोरियोग्राफर गम्भिर बिष्टको साथमा फिल्मका विभिन्न गीतमा नृत्य गरे । अवार्ड समारोहमा फिल्म 'जन्मभूमि'को गीतमा पनि कलाकारले आकर्षक नृत्य गरेका थिए । 
 
 
 
 
अवार्ड पाउनेहरूको सूची यसप्रकार छ -    
 
१. उत्कृष्ट ध्वनी मिश्रण : दीप तुलाधर (प्रोड्यूसर)
२. उत्कृष्ट पाश्र्व संगीत : एलिस कार्की (छ एकान छ)
३. उत्कृष्ट द्वन्द्व निर्देशक : चन्द्र पन्त (लोफर)
४. उत्कृष्ट नृत्य निर्देशक : शंकर वीसी (बितेका पल)
५. उत्कृष्ट गीतकार : डाक्टर कृष्णहरी बराल (नाई नभन्नु ल २)
६. उत्कृष्ट गायिका : दुर्गा परियार (महशुस)
७. उत्कृष्ट गायक : प्रेम परियार (नाई नभन्नु ल २)
८. उत्कृष्ट संगीतकार : वसन्त सापकोटा (नाई नभन्नु ल २)
 उत्कृष्ट नव अभिनेत्री : पूजा शर्मा (मधुमास)
१०. उत्कृष्ट नव अभिनेता : श्याम अर्याल (प्रोड्यूसर)
११. उत्कृष्ट नव निर्देशक : प्रविन श्रेष्ठ (मोक्ष)
१२. उत्कृष्ट खलपात्र : राजवल्लभ कोइराला (छ एकान छ)
१३. उत्कृष्ट चरित्र अभिनय : शैलेश आचार्य (छ एकान छ)
१४. उत्कृष्ट सह–अभिनेत्री : प्रियंका कार्की (नाई नभन्नु ल २)
१५. उत्कृष्ट सह–अभिनेता : विल्सन विक्रम राई (प्रोड्यूसर)
१६. उत्कृष्ट लेखन : दीपकराज गिरी (छ एकान छ)
१७. उत्कृष्ट सम्पादन : विपिन मल्ल (बितेका पल)
१८. उत्कृष्ट छायांकार : पुरुषोत्तम प्रधान (छ एकान छ)
१९. उत्कृष्ट अभिनेत्री : केकी अधिकारी (महशुस)
२०. उत्कृष्ट अभिनेता : आर्यन सिग्देल (महशुस)
२१. उत्कृष्ट निर्देशक : विकास आचार्य (नाई नभन्नु ल २)
२२. उत्कृष्ट फिल्म : मोक्ष
 
क्रिटिक्स अभिनेत्री : नम्रता श्रेष्ठ (मौन)
क्रिटिक्स अभिनेता : अर्पण थापा (मौन) 
क्रिटिक्स छायाँकार : संजय लामा (मौन) 
प्रोत्साहन अवार्ड : कस्टुम डिजाईनर नीलिमा शर्मा  
पब्लिक च्वाईस अवार्ड : कोशिस क्षेत्री (मोक्ष)
जुरी अवार्ड : निर्देशक सुरज भूषाल (मौन) 
 
 
        
Most Visited News (monthly)