नव अभिनेत्री अकेशा बिष्ट र नव अभिनेता सौरमराज तुलाधर प्रेममा चुर्मुल डुबेका छन् । यि दुई प्रेममा यतिसम्म डुबेका छन् कि सौरमलाई अकेशाले अरू कसैलाई छोएको समेत मन पर्दैन ।

आज सार्वजनिक फिल्म 'जिन्दगी रक्स'को 'चोखो माया' बोलको गीतमा दुईले आफ्नो प्रेम छल्काएका छन् । आगामी पौष १८ गते रिलिज हुन लागेको फिल्म 'जिन्दगी रक्स'लाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

