आफ्नो नयाँ फिल्म 'पीके' प्रदर्शनको दिन नजिकिदै जाँदा बलिउड अभिनेता आमिर खान त्यसको प्रचारमा व्यस्त छन् । तर, आमिरले 'पीके' पछि नयाँ फिल्ममा काम गर्ने पक्का भएको छ । आमिरले काम गर्ने नयाँ फिल्मको नाम 'दंगल' राखिएको छ ।
'भूतनाथ रिटर्न्स'का निर्देशक नितेश तिवारीले निर्देशन गर्न लागेको यो फिल्ममा आमिर रेसलरको भूमिकामा देखिदैछन् । आमिरले करिब ६ महिनापछि यो फिल्ममा काम गर्न वचन दिएका हुन् ।
फिल्मको कथावस्तुमा परिवर्तन गर्न आमिरले नितेशलाई भनेका छन् । फिल्मका लागि आमिरले आफ्नो शरीर बनाउने तयारी समेत गरेका छन् । आमिर खान यो फिल्मका लागि पक्का भएपनि अभिनेत्री भने पक्का भएको छैन ।

