Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

यस्तो बन्यो `चकलेट`को फस्टलुक

फिल्मीखबर, काठमाण्डौ, 2014/12/08
कलाकार तथा निर्माता निर्मल शर्माको डेब्यु निर्देशन रहेको फिल्म ‘चकलेट’को फष्टलुक बाहिरिएको छ । पूजना फिल्मस् प्रालिको व्यानरमा निर्मित फिल्मको फष्टलुकमा निर्माता समेत रहेकी अभिनेत्री पूजना स्त्री, नम्रता झा, आयुष्मान घिमिरे र एक बालिकालाई देख्न सकिन्छ ।
 
 
राजधानीमा रहेका सडक बालबालिकाको कथालाई कथानक बनाईएको 'चकलेट'मा खुश्बु गुरुङ, प्रितिमाया गुरुङ र केशव तामाङ निर्माताको रूपमा छन् । फिल्ममा अनुज शाक्य, सुनिता ठाकुर, कमल मैनाली, केशव भट्टराई, सुमन गैरेलगायतको अभिनय रहेको छ ।
 
सात जना बालबालिकाले समेत मुख्य भूमिका निर्वाह गरेको यो फिल्ममा शिखर सन्तोष, अर्जुन पोखरेल, रायन कार्कीको संगीत, प्रसन्न पौडेल र बब्बु थापाको नृत्य रहेको छ छ भने सुदिप बरालको छायाँकन रहेको छ । फिल्मको प्रदर्शन मिती तय गरिएको छैन ।  
Most Visited News (monthly)