Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संचिता र किशोरको `आरोप`

फिल्मीखबर, काठमाण्डौ, 2014/12/08
अभिनेत्री संचिता लुइटेल र अभिनेता किशोर खतिवडाले एक अर्काको हात समात्दै केही संवाद बोले । काठमाण्डौको भद्रकाली मन्दिरमा संचिता र किशोरले हात समात्दै गर्दा साक्षी थुप्रै फिल्मकर्मी र पत्रकार थिए ।
 
 
भोली मंगलबारबाट छायांकनमा जान लागेको फिल्म 'आरोप'को शुभसाइत टेक दिंदै दुई कलाकारले अभिनय गरेका हुन् । अमर ओलीको निर्देशनमा बन्न लागेको यो फिल्ममा दिनेश पाठक र विजय सापकोटाको लगानी छ ।
 
दिलासा क्रियशनको ब्यानरमा बन्ने फिल्ममा संचारकर्मी लक्ष्मण सुवेदीको कथा, विरेन्द्र भट्टको छायांकन, सानु कुमार महर्जनको द्वन्द्व, विकास चौधरी र गणेश चौधरीको संगीत रहनेछ ।
 
फिल्ममा किशोर र संचिताको अलवा सुशिल पोख्रेल, रश्मी भट्ट, ऋचा थापा लगायतका कलाकारले अभिनय गर्नेछन् । फिल्मलाई काठमाण्डौ, नवलपरासी र चितवनका रमणीय स्थानमा खिचिनेछ ।
Most Visited News (monthly)