बाग्लुङबाट काठमाण्डौ आएर अभिनेत्री बन्ने सपना पूरा गर्न सारिका केसीलाई लामै समय लाग्यो । विभिन्न म्यूजिक भिडियोमा काम गर्दा गर्दै उनी कलाकार पूरन थापाको नजरमा परिन् ।
कलाकार बिष्णु सापकोटाको सहयोगमा पूरनकोमा पुगेकी सारिकाले अडिशन पनि दिइन् । अडिशनबाट पास भएपछि उनी अहिले ‘कान्छी मट्याङ ट्याङ’ले चिनिने तयारीमा छिन् ।
मंसिर २६ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मले पूरन र सारिकाको करिअर निधो गर्नेछ । फिल्म चलेको खण्डमा सारिकालाई अगाडि बढ्न सजिलो हुनेछ भने उनलाई हेरेर दर्शक नहाँसेको खण्डमा अप्ठ्यारो पर्नेछ ।
जयकिशन बस्नेत, सारिका केसी र पूरन थापाको मुख्य भूमिका रहेको यो फिल्मले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिनेछ । यो पूर्ण रूपमा कमेडी फिल्म हो । फिल्मलाई पूरनले नै निर्देशन गरेका हुन् ।

