
फिल्म 'सेफ ल्याण्डिङ'का निर्माता राहुल अग्रवाल र सोही फिल्मकी अभिनेत्री झरना बज्रचार्यबिच प्रेम मौलाईराहेको छ । सुटिङका बेला नजिकिएका यि दुईको प्रेम अष्ट्रेलियामा भएको फिल्मको प्रिमियरमा भने छरप्रस्ट भयो ।

नेपाल चलचित्र कलाकार संघले कलाकारहरूका लागि ४ खण्डको आचारसंहिता जारी गरेको छ । कलाकारितालाई मर्यादित बनाउने भन्दै संघको सोमबार बसेको बैठकले पेशागत मर्यादा, व्यक्तिगत आचरण तथा कलाकारको सामाजिक दायित्वलाई निर्वाह गर्ने कुरामा जोड दिंदै आचार संहिता जारी गरेको हो ।

८७ औं एकेडेमी अवार्डस् (अस्कर अवार्डस्)मा प्रतिश्पर्धाका लागी नेपालबाट दुई फिल्मको नाम दर्ता भएको छ । 'विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति (नेपाल)’ले फिल्म दर्ताको लागी आह्वान गरेपछी 'झोला' र 'मोक्ष' दर्ता भएका हुन् ।

भाद्र ६ गते रिलिज हुने भनिएको फिल्म 'सम्बोधन'ले रिलिज मिती सारेको छ । अत्याधिक सफलताकासाथ प्रदर्शनरत फिल्म 'कोहिनूर' उत्रने छाँट नदेखिएपछी निर्माण युनिटले श्रीकृष्ण श्रेष्ठको श्रद्धाञ्जली स्वरूप भन्दै रिलिज पोस्टपोण्ड गरेको हो ।

पाठेघरको क्यान्सरलाई जितेर नयाँ जिवन पाएकी अभिनेत्री मनिषा कोईरालाले धर्मपुत्री पाल्ने तयारी गर्दैछिन् । सम्राट दाहालसँगको ब्रेकअप पश्चात एकल जिवन बिताईरहेकी मनिषाले आफ्नो जन्मदिनमा यस्तो रहस्य खोलेकी हुन् ।

चलचित्र पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले चलचित्र पत्रकार संघले कार्यशालाको आयोजना गर्ने भएको छ । संघले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै कायाशाल गर्ने सम्बन्धमा जानकारी गराएका हो । संघ महासचिव सन्दिप सापकोटा हस्ताक्षरित विज्ञप्तीका अनुसार संघले आगामी यही महिनाको भदौ २६ देखि २९ सम्म हेटौंडामा कार्यशालाको आयोजना गर्नेछ । उक्त कार्यशाला चलचित्र पत्रकार संघ मकवानपुर शाखाले व्यवस्थापन गर्ने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

