Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`आभाष`को हल ट्रेलर सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2014/12/21
फिल्म सम्पादनबाट पहिलो पटक निर्देशक बनेकाले पनि सुरेन्द्र पौडेल आशावादी छन् । उनले निर्देशन गरेको पहिलो फिल्म 'आभाष' पौष २५ गतेबाट प्रदर्शनमा आउँदैछ । 
 
 
आईतवार काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा 'आभाष'को हल ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा रोमान्स, प्रेम र विछोड समेटिएको छ ।
 
पवन श्रेष्ठ र गोविन्द शाहीको निर्माणमा तयार भएको यो फिल्ममा रवि शाक्यको सह-लगानी छ । फिल्ममा संयम पुरी, निशा अधिकारी, सलोन बस्नेत, आश्मा डीसी लगायतका कलाकार मुख्य भूमिकामा छन् ।
 
 
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक पौडेलले 'आभाष'लाई युवापुस्ताको कथा भने । उनले फिल्ममा जीवनमा आउने उतारचढावमा हरेशा खान नहुने कथा प्रस्तुत गरेको बताए । निर्माता गोविन्द शाहीले यो फिल्ममा आफूले अघिल्ला फिल्मका गल्तीलाई हटाएको बताए । 
 
पुरुषोत्तम प्रधानको छायांकनमा बनेको यो फिल्मका मुख्य कलाकार सलोन बस्नेतले काम गर्दाको अनुभव रमाइलो भएको बताए । अर्की कलाकार आश्मा डीसीले फिल्ममा रहेको प्याराग्लाडडिडको दृश्य दिंदा डर लागेको सुनाइन् । अन्य कलाकार भने कार्यक्रममा देखिएनन् । 
 

Most Visited News (monthly)