
छैठौं संस्करणको डि सिने अवार्ड आउँदो मंसिर ११ गते हुने भएको छ । आयोजक छाँयाछवि क्रिएशनले प्रेस रिलिज जारी गर्दै प्रतिष्पर्धामा रहेका फिल्महरुको उत्कृष्ट पाँच मनोनयन पनि सार्वजनिक गरेको छ ।

फिल्म 'पूनर्जन्म'को पहिलो अनुहार सार्वजनिक भएको छ । सजन श्रेष्ठले पहिलो पटक निर्देशन गरेको फिल्ममा मोहनकृष्ण श्रेष्ठ र भद्र बहादुर शाहीको लगानी छ । एम के इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको यो फिल्ममा आर्यन सिग्देल, गजित बिष्ट, केकी अधिकारी, सुस्मिता शाही, विजय लामा लगायतका कलाकारले अभिनय गरेका छन् ।

निर्माता छबिराज ओझाले 'लज्जा' फिल्म रिलिज भईरहँदा अर्को फिल्म 'हवल्दार सुन्तली'को फस्टलुक पोस्टर सार्वजनिक गरेका छन् । 'लज्जा'बाट डेब्यू गरेकी अभिनेत्री शिल्पा पोखरेल यो फिल्ममा पनि शिर्ष भूमिकामा छिन् ।


बलिउड चर्चित अभिनेता अमिताभ बच्चनलाई एक अमेरिकी अदालतले सन १९८४ को सिख दंगामा हिंसा भड्काउन प्रेरित गरेको आरोपमा अदालतमा उपस्थित हुन आदेश दिएको छ । उनलाई लस ऐन्जल्सको संघिय अदालतले आदेशपत्र पठाएको हो ।

मंसिर ५ गते फिल्म श्री ५ अम्बरे प्रदर्शनमा आउँदैछ । फिल्मको प्रचार प्रसारका लागि निर्माण युनिट अहिले पूर्वी नेपालमा छ । पूर्वका बिभिन्न स्थानमा युनिटले फिल्मको प्रचार प्रसार गर्दै दर्शकलाई हलसम्म तान्न प्रेरित गरिरहेको छ ।

