Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17059 - 17064 of 23743
फिल्मीखबर, काठमाडौं, 2014-08-18, सोमवार

 फिल्म ‘लज्जा’को ट्रेलरसार्वजनिक भएको छ । नवल नेपाल निर्देशित यस फिल्ममा आर्यन सिग्देल र शिल्पा पोखरेलले मुख्य भूमिकामा अभिनय गरेका छन् । म्युजिक भिडियोमा जमेकी मोडल शिल्पा पोखरेलले यही फिल्मबाट रजतपटको यात्रा थालेकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2014-08-18, सोमवार

 गतहप्ता रिलिज भएको  ‘कोहिनूर’ले हल छाड्ने संकेत नदेखाएपछि भदौ ६मा रिलिज हुने फिल्मका निर्माताहरु तनावमा परेका छन् । गत साउन २३ मा रिलिज भएको फिल्मले दर्शकसँगै हल संख्या पनि बटुल्न थालेपछि भदौ ६ मा फिल्म रिलिज गर्ने निर्माताहरु तनावमा परेका हुन् । तीजको विदा खान भनेर भदौ ६ मा तीन नेपाली सिनेमा रिलिज हुने तरखरमा थिए । ‘ताण्डव’ र ‘सम्बोधन’लाई सम्भावित फिल्मको सूचीमा राखिएको थियो ।

फिल्मीखबर, अकल्याण्ड, 2014-08-18, सोमवार

न्यूजिल्याण्डको अकल्याण्डस्थित क्यापिटल सिनेमामा अगस्ट १७ तारिखका दिन साँझ फिल्म 'सेफ ल्याण्डिङ' प्रदर्शन गरियो । फोर कर्नर बजारले आयोजना गरेको फिल्मको बिशेष प्रदर्शनीमा फिल्मका निर्माता बसन्त भण्डारी, नेपालबाट आएका सञ्चारकर्मी सुमन गैरेसहित न्यूजिल्याण्डबासीहरूको उपस्थिती थियो । 

रेम बिक, काठमाण्डौ, 2014-08-18, सोमवार

शनिबार राति साढे ९ बजे पोखरा हल्लनचोकको क्लब ९९ बारमा चर्को आवाजले गीत बज्दै थियो । ‘नाचु नाचु लाग्छ किन, हाँसु हाँसु लाग्छ किन’ भन्दै अभिनेत्री पुजना स्त्रीले कम्मर मकाईरहेकी थिईन् । पोखराको डान्स बारमा पुजनाको नाच ? मान्छेहरु अचम्मीत भए । उताबाट कोरियोग्राफर शिवम् पोखरेलले ‘कट्’ भन्ने आवाज दिए । गीत रोकियो र सेट मिलाउन थालियो । बाहिरि मानिसले बल्ल चाल पाए, ‘सुटिङ पो रै’छ’ भन्ने । 

फिल्मीखबर, काठमाडौं, 2014-08-17, आईतवार

परिवारका कारण बेचिएकी युवतीको कथा प्रस्तुत गरिएको फिल्म ‘सानी’को राजधानीमा आइतबार प्रिमियर शो गरिएको छ । कार्नेट नेपालको प्रस्तुतिमा प्रोमिस प्रोडक्सन फिल्मको व्यानरमा निर्मित फिल्मको प्रिमियर शोको उद्घाटन सूचना तथा सञ्चारमन्त्री तथा नेपाल सरकारका प्रवक्ता डा. मिनेन्द्र रिजालले गरे ।

फिल्मीखबर, काठमाडौं, 2014-08-17, आईतवार

फिल्म मात्र होइन म्युजिक भिडियोबाट समेत हराउँदै गरेकी अभिनेत्री रिमा विश्वकर्मा आइतबार बौद्ध टुसाल स्थित एक सैलुनको उद्घाटनमा देखिइन । रिमा  बौद्ध टुसाल स्थित मोक्तान प्लाजामा रहेको ‘पिकरिश हेयर एण्ड ब्युटी सेलुन प्रोफेसनल इन्स्टिच्युट’ को उद्घाटनमा देखिएकी हुन् । उनले दुई जुम्ल्याहा बालकसँगै सैलनुको उद्घाटन गरिन् ।

Results : 17059 - 17064 of 23743
Most Visited News (monthly)