मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कसरी बने प्रियंका र केकी जासुस ?

फिल्मीखबर, काठमाण्डौ, 2014/12/21
अभिनेत्री प्रियंका कार्की र केकी अधिकारी जासुस बनेका छन् । रमिता पात्रको रूपमा प्रियंका र पुष्पाको रूपमा केकीले जासुसको रूपमा जागिर पाएपश्चात उनीहरूको जीवनशैली फेरिएको छ ।
 
 
रमिता र पुष्पाको सानै देखिको सम्पना पुरा हुन्छ, जासुस बन्ने । आफ्नो सपना पुरा भए पश्चात उनीहरु आफ्नो एसपी तेज बहादुर राईलाई भेट्न जान्छन् । केन्द्रीय अनुसन्धान ब्युरोमा जागिर पाएपछी उनीहरुको खुसीको सिमा नै हुँदैन । 
 
रहरले खाएको जागिरले नै उनीहरुको जीवनमा नसोचेको परिवर्तन आउँछ । उनीहरुले एउटा 'केस' हेर्ने जिम्मा पाउँछन् । सोही 'केस'को अनुसन्धान गर्दा उनीहरुको जीवनमा उतार चढाव आउछ । यही रमाइलो पक्षलाई फिल्म 'हाऊ फन्नी'मा देखाउने कोशिस गरिएको छ ।   
 
 
माल्भिका सुब्बाको निर्माणमा निलु डोल्मा शेर्पाले निर्देशन गरेको यो कमेडी फिल्ममा एसपी तेज बहादुर राईको भूमिकामा दयाहाङ राई छन् । यस्तै फिल्ममा निशा अधिकारी, अनुपबिक्रम शाही, शिशिर राणाको पनि मुख्य भूमिका छ । शान वस्न्यातको लेखन रहेको फिल्मलाई हरि हुमागाईंले खिच्दै छन् ।