मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अस्करबाट `झोला` आउट

फिल्मीखबर, काठमाण्डौ, 2014/12/21
नेपालका अवार्डमा भाग लिन्न भन्ने निर्देशक यादव भट्टराईको फिल्म 'झोला' अस्कर अवार्डबाट बहिरिएको छ । सर्वोत्कृष्ट विदेशी भाषीको बिधामा नेपालको प्रतिनिधित्व गर्दै 'झोला' ओस्करमा पुगेको थियो । 
 
कृष्ण धराबासीले लेखेको सति प्रथामा आधारित कृति 'झोला'मा आधारित रहेर निर्माण गरिएको फिल्म 'झोला'लाई अस्करले उत्कृष्ट नदेखेपछि आउट गरेको हो । यसपटक अस्कर अवार्डमा एसिया महादेशबाट कुनैपनि फिल्म अन्तिम प्रतिश्पर्धामा पुग्न सकेनन् ।
 
अस्कर समितिले गएराति विदेशी भाषी फिल्मको उत्कृष्ट ९ फिल्मको लिस्ट निकालेको छ । जसमा एसिया महादेशबाट कुनैपनि फिल्म पर्न सकेनन् । ९ फिल्मबाट उत्कृष्ट ५ मा छानिने छ जसको अन्तिम प्रतिश्पर्धा फेव्रुअरी २२ मा हुनेछ । 
 
मनोनयनमा परेका फिल्महरू यसप्रकार छन् - 
 
अर्जेन्टिना, 'वाइल्ड टेल्स'
इस्टोनिया, 'ट्याङरिन्स'
जर्जिया, ' कर्न आइल्यान्ड'
मारूतानिया, 'टिम्बुक्टु'
नेदरल्यान्ड, 'एक्यूज्ड'
पोल्यान्ड, 'एडा'
रसिया, 'लेभिथान'
स्वीडेन, 'फोर्स मेजुरे'
भेनन्जुएला, 'दि लोब्रेटर'