मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सातौं नेफ्टा अवार्डको `इन्डक्ल्याप`

फिल्मीखबर, काठमाण्डौ, 2014/12/21
कात्तिक ३ गते हडकडमा आयोजना भएको सातौं नेफ्टा फिल्म अवार्डको आयोजक नेपाल चलचित्र प्राविधिक संघले अवार्ड विजेता फिल्मीकर्मीलाई प्रमाणपत्र वितरण गर्दै अवार्डको विसर्जन भएको घोषणा गरेको छ । यो अवार्डको सम्पूर्ण कार्य सकिएको र अब आठौं संस्करणको काम शुरू गरिने आयोजकले जानकारी गरायो ।  
 
 
सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा सम्पन्न भएको यो कार्यक्रममा विभिन्न ३२ विधामा अवार्ड जित्ने कलाकार, अवार्डलाई सफल बनाउन साथ दिने पत्रकार र फिल्मीकर्मीलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा नेपाल विज्ञापन संघका नव नियुक्त पदाधिकारीलाई स्वागत पनि गरिएको थियो । 
 
नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले अवार्ड दु:ख सुखका साथ गरेपनि सफल बनाएको दाबी गरे । उनले आठौं अवार्डका लागि चैत्रको अन्तिम साताबाट फिल्म हेर्ने काम शुरू हुने बताए ।
 
 
नेपालबाट सम्पूर्ण अवार्ड आयोजनाको जिम्मा लिएका निर्माता सुनिल कुमार थापाले अवार्ड कार्यक्रम सफल हुनु र फिल्म क्षेत्रले एक पाइला फड्को मार्नु नै ठूलो कुरा भएको बताए ।
 
कार्यक्रममा नेपाली फिल्मका कलाकार, प्राविधिक तथा पत्रकारहरुको उपस्थिती थियो । नेफ्टाले आठौं अवार्ड अर्को बर्षको सुरुवातमा नै गर्ने जनाएको छ । महासचिव अनन्त तिमिल्सिनाले कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेफ्टाले चुनौती सामना गर्दै अगाडि बढेको बताएका थिए ।