
अभिनेता राजबल्लभ कोइरालाको अभिनय रहेको अमेरिकी फिल्म ‘हाइवे टु धम्पुस'ले अमेरिकामा असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म चलेको हर्टल्याण्ड फिल्म फेस्टिभलमा ‘स्टयाण्डिङ ओभेसन' सहित ‘बेस्ट युएस प्रिमियर' अवार्ड जितेको छ ।

मंसिर ५ गते प्रदर्शनमा आउन लागेको प्रतिक्षित फिल्म 'श्री ५ अम्बरे'ले आफ्नो प्रचार प्रसारलाई आक्रमक बनाउँदै लगेको छ । फिल्मको 'जब सपनीमा' बोलको गीतले बजार तताउँदै गर्दा केहि दिन अगाडी सार्वजनिक ट्रेलरले राम्रै चर्चा पाएको छ ।

कात्तिक ३ गते हङकङको चार तारे होटल वीपी इन्टरनेशनलको भव्य हलमा करिब एक हजार दर्शकमाझ ‘सातौ नेफ्टा फिल्म अवार्ड’को आयोजना भयो । अवार्ड समारोहमा नेपाली फिल्म क्षेत्रका थुप्रै कलाकारदेखि प्राविधिक पुगे । अवार्ड पाउने, नृत्य गर्नेदेखि लिएर कलाकारका रेड कार्पेट फोटाहरुले मिडियामा स्थान पाए ।

इन्टरनेशल नेपाली फिल्म एकेडमीको आयोजनमा हङकङमा आइतवार साँझ सम्पन्न इन्फा अवार्ड समारोहमा सवैभन्दा धेरै सात वटा बिधामा अवार्ड हात पारेर बर्ष ०७०को ब्लकबस्टर फिल्म ‘नाइँ नभन्नु ल २’ अब्बल ठहरियो । नेपालका उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेको सो समारोहमा २० वटा बिधामा अवार्ड बितरण गरिएको थियो ।

फागुन १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आवेग’को पहिलो गीत सार्वजनिक गरिएको छ । पाटन मन्दिर र दशरथ रंगशालामा छायांकन गरिएको ‘सोल्टीले हेरेको लास्ट राम्रो’ बोलको गीत सार्वजनिक भएको हो ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'लज्जा'ले अपेक्षित भन्दा राम्रो व्यापार गरेपछि निर्माता छबि ओझासँगै अभिनेता आर्यन सिग्देल र नव अभिनेत्री शिल्पा पोखरेल दंगिएका छन् । 'लज्जा'ले ३ दिनमा ७५ लाख माथिको व्यापार गरेको रिपोर्ट छ ।

