मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`विधवा`ले के भन्छ ?

फिल्मीखबर, काठमाण्डौ, 2014/12/21
नारी प्रधान फिल्म 'विधवा' पौष ११ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई मनोज श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्मको यूनिटले आज काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गर्दै 'विधवा'लाई सामाजिक कथाको फिल्म भनेको छ । 
 
 
निर्माता गिरिप्रसाद सुनारले आफूले राम्रो कथामा लगानी गरेको बताए । यता निर्देशक मनोज श्रेष्ठले फिल्मको कथाले सबैको मन छुने खुलाए । कलाकार सोनु घिमिरले आफूले पहिलो पटक नेपाली फिल्ममा काम गरेको भन्दै दर्शकले माया गर्ने विश्वास गरिन् ।
 
'छोरी अभिषाप होइन, वरदान हो' भन्ने मुल भाव बोकेको यो फिल्ममा दीलिप रायमाझी, सोनु घिमिरे, मनोज श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।