Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

खाली भएपछि अमेरिका र क्यानडा लागे जीवन

फिल्मीखबर, काठमाण्डौ, 2014/12/23
लगातार एकपछि अर्को फिल्म गरेका अभिनेता जीवन लुईंटेल एक महिना खाली छन् । फिल्म 'तीन घुम्ती'को छायांकन सुरु हुन अझै एक महिना बाँकी रहेपछि जीवन अमेरिका र क्यानडा हानिएका हुन् । उनी आज अमेरिकातर्फ प्रस्थान गरेका छन् ।
 
 
अभिनेता लुईंटेलले अमेरिकामा फिल्म 'ठूली'को शोमा सहभागी हुने बताए । यसअघि उनको उपस्थितीमा 'ठूली'को शो अमेरिकामा राखिएको थियो । समय अभावका कारण उनी अनुपस्थित भएपछि शो क्यान्सिल गरिएको थियो । जीवनले क्यान्सिल गरिएका शो अब हुने जनाए ।  
 
अमेरिकामा आधा महिना बिताएर उनी क्यानडातर्फ लाग्नेछन् । क्यानडामा उनले फिल्म 'स्टूपिड मन'को विशेष शो गर्ने बताएका छन् । नेपालमा जाडो महिना सुरु भएसँगै छायांकन नभएको भन्दै जीवन विदेश लागेका हुन् ।
Most Visited News (monthly)