बलिउडमा आफ्नो हट अवतारका कारण नै मल्लिका सेरावतको चर्चा आजसम्म छ । थुप्रै फिल्ममा आफ्नो बोल्ड दृश्य दिएर चर्चामा आएकी यी अभिनेत्री अहिले नयाँ फिल्म ‘डर्टी पोलिटिक्स’को प्रमोशनमा व्यस्त छिन् ।

उनै मल्लिकालाई यो फिल्मको एक दृश्यमा भने बोल्ड दृश्य दिन असहज भयो । फिल्ममा कलाकार ओम पुरीको साथमा बोल्ड दृश्य दिदा आफूलाई असहज भएको मल्लिकाले खुलाएकी छिन् ।
मल्लिकाले भनिन्– ‘हो म ओम पुरीसँग बोल्ड दृश्य दिन सहज थिइन । तर, उहाँकै कारणले मलाई सहज भयो ।’ उनले यो फिल्मले देशको राजनीतिक अवस्था चित्रित गर्ने पनि बताइन् ।

