Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`कोहिनुर` पाइरेसीबारे के भन्छन् निर्माता ?

फिल्मीखबर, काठमाण्डौ, 2014/12/24
एक सातासम्म युट्यूबमा रहेको फिल्म 'कोहिनुर' अन्तत: यो च्यानलबाट हटेको छ । एक अन्जान नामबाट युट्यूबमा फिल्म राखिएपछि यसको निर्माणपक्षले लामो प्रयास गरेर हटाएको हो ।
 
फिल्मलाई कसले पाइरेसी गर्यो भन्ने बारेमा नुखलेको निर्माता मध्येका एक चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । उनले स्वर्गिय श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्मलाई पाइरेसी नगरिदिन आग्रह पनि गरे । चन्द्रबहादुरले पाइरेसी गर्ने व्यक्तिको खोजी भैरहेको जानकारी दिदै चाडै अपराध गर्ने पत्ता लाग्ने बताए । 
 
पाइरेसी गर्ने व्यक्ति पत्ता लगाइसकेपछि साइबर क्राइम र पाइरेसी अन्र्तगत रहेर कारबाही गरिने निर्देशक आकाश अधिकारीको भनाई छ । निर्देशक आकाश अधिकारीले यदि कसैले युट्यूबमा आएको भिडियो डाउनलोड गरेको भए त्यसलाई फेरि पाइरेसी गरेर युट्यूबमा नहालिदिन आग्रह गरे । 
 
डाउनलोड गरिएको भिडियो श्रीकृष्णको सम्मान स्वरुप आफ्नै कप्युटर वा मोबाइलमा नराखिदिन आग्रह गर्दै आकाशले भने, हामी विश्वका सबै देशमा उच्चस्तरिय क्वालिटी भएको फिल्म नै लिएर आउने छौं ।'
 
नेपालमा ब्लकबस्टर व्यापार गरेको यो फिल्म विश्वका विभिन्न देशमा प्रदर्शन गर्ने तयारी गरिएको छ । यो फिल्म अब अष्ट्रेलिया, मलेसिया, अमेरिकामा प्रदर्शन गरिने छ । 
Most Visited News (monthly)