Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

साउथको फिल्म भन्दा कम छैन `भैरव` : निखिल उप्रेती

फिल्मीखबर, काठमाण्डौ, 2014/12/24
अभिनेता निखिल उप्रेतीले आफूले पहिलो पटक निर्देशन गरेको फिल्म 'भैरव' साउथ इण्डियन फिल्म भन्दा कम नरहेको दाबी गरेका छन् । फिल्मीखबरसँगको भेटमा निखिलले भने 'यो फिल्म हरेक पक्षबाट 'स्ट्रङ' छ ।' 
 
कमर्शियल फिल्ममा अभिनय गर्दै आएका निखिल आफैले पनि कमर्शियल फिल्म बनाउन मन पराउने बताउँछन् । 'म कमर्शियल फिल्म बनाउँछु तर मेरो फिल्ममा बिषयबस्तु भने गहन हुन्छ', निखिलले भने, 'भैरवमा पनि गहन बिषयलाई उठाएको छु ।' 
 
भारतमा बेचिने चेलीको बिषयलाई 'भैरव'मा गौण रूपमा उठाएका निखिलले मुख्य बिषय भने नेपाल र भारतको सिमामा हुने अपराधिक चलखेलमा आधारित रहेको बताए । फिल्मको शिर्ष भूमिकामा आँफैले अभिनय गरेका निखिलले 'भैरव' नामको प्रहरी अपराधीलाई निर्मूल पार्न जन्मिएको एक पात्र रहेको खुलाए । 
 
७८ दिनमा सुटिङ सकि हाल फिल्मको सम्पादनमा व्यस्त रहेका निखिलले १२० दिनमा पोष्ट प्रोडक्सनको काम सक्ने लक्ष्य लिएका छन् । आगामी बैशाख १८ गते रिलिज गर्ने तयारीका साथ फिल्मको कामलाई अगाडी बढाएको उनको भनाई छ । बिशेष फिल्म बनाउन चाहेको बताउने निखिलले 'भैरव' पनी बिशेष फिल्म नै रहेको दाबी गरे ।           
Most Visited News (monthly)