पौष १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'जिन्दगी रक्स'बाट मोडल, गायक, म्युजिक भिडियो निर्देशक तथा भिजे सोनम पाख्रिनको परिचय थपिंदै छ, अभिनेता । यो फिल्ममा सोनम मुख्य भूमिकामा देखिने छन् ।

झन्डै १०० म्युजिक भिडियो निर्देशन गरिसकेका सोनम बिगत ९ बर्षदेखि टेलिभिजनमा भिजेको रूपमा कार्यरत छन् । आफूले गाएका गीतको भिडियोमा आँफैं मोडल बन्दै आएका सोनम हरेक बिधामा राम्रो काम गरेर चिनिन चाहन्छन् । 'म हरेक पक्षमा कुशल रूपमा चिनिन चाहन्छु', एक बसाईमा सोनमले भने ।
फिल्ममा अफर धेरै अगाडी आएपनि राम्रो स्क्रिप्ट 'जिन्दगी रक्स'को भएकाले अभिनय गर्न तयार भएको बताए । 'स्क्रिप्ट निकै राम्रो लाग्यो अनि टिम पनि केही नयाँँ गरौं भन्ने खालको भएकाले फिल्ममा आएँ', उनले सुनाए ।
फिल्मले दर्शकलाई पूर्ण रूपमा मनोरञ्जन दिने दाबी गर्ने सोनमले आफ्नो भूमिकामा न्याय गर्ने कोशिस गरेको समेत बताए । 'दर्शकलाई निराश हुन दिने छैन', कन्फिडेन्ट हुँदै उनले भने ।
निकेश खड्काले निर्देशन गरेको रोमान्टिक कमेडी फिल्म 'जिन्दगी रक्स'मा अकेशा बिष्ट, सौरमराज तुलाधर, मखन राई, प्रकृति श्रेष्ठको पनि मुख्य भूमिका छ ।

