Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुवासलाई आर्यनको जवाफ- `मुल्यांकनका लागि धन्यवाद`

फिल्मीखबर, काठमाण्डौ, 2014/12/24
यहि पौष २५ गते रिलिज हुन लागेको फिल्म 'अलबिदा'का मुख्य पात्र अभिनेता आर्यन सिग्देल बलिउड अभिनेता सलमान खानका फ्यान हुन् । त्यसैले त उनको हातमा ब्रास्लेट छ । यिनै सलमानको शुभचिन्तकलाई अर्का कलाकार सुवास थापाले आर्यन कलाकार नभई क्यारिकेचर गर्ने पात्र मात्र भएको अभिव्यक्ति दिएका थिए ।
 
 
सुवासले आर्यनले आफ्नो पहिचान गुमाएर बलिउडका कलाकारको कपी गरेको आरोप लगाएका थिए । यस बारेमा आज मिडियासँग कुरा गर्दै आर्यनले सुवासलाई आफ्नो मुल्यांकन गरिदिएकोमा धन्यवाद दिएका छन् ।
 
आर्यनले भने, 'उहाँले मलाई बलिउडका चर्चित कलाकारसँग दाज्ने लायक सम्झनु भएछ, मलाई खुशी लाग्यो ।' सुवासले आर्यनमा सलमानको स्टाइल र साहरुखको अभिनय रहेको बताएका थिए । यसबारेमा आर्यनले भने, 'बलिउडका २ चर्चित कलाकारको खुबी म भित्र हुनु नै त राम्रो कुरा हो ।'
 
यदि दर्शकले आफूमा अभिनयमा स्टाइल देख्छन् भने त्यो आफ्नो सफलता भएको आर्यनको भनाई छ । 'दर्शकले मलाई बिगत एक दशकदेखि  स्विकार्नु भएको छ । अरूले के भन्छन् मेरो चासोको बिषय पनि हैन । म दर्शकको लागि काम गर्ने कलाकार हुँँ', आर्यनले गतिलो जवाफ फर्काए । 

 

Most Visited News (monthly)