Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`सुवासको आचरण मन परेन` : अनिता आचार्य

फिल्मीखबर, काठमाण्डौ, 2014/12/25
अभिनेता आर्यन सिग्देलले अर्का कलाकार सुवास थापाले आफूलाई क्यारिकेचर गर्ने कलाकार भनेकोमा जवाफ दिए लगतै अभिनेत्री अनिता आचार्यले पनि सुवाससँग अब कुनै फिल्म नगर्ने उद्घोष गरेकी छिन् । 
 
 
यहि पौष २५ गते रिलिज हुन लागेको फिल्म 'अलबिदा'की अभिनेत्री अनिताले 'सरी ल' फिल्ममा सुवाससँग पहिलो पटक काम गरेकी थिइन् । तर, सुवासको व्यवहार आफूलाई मन नपरेकाले अब कुनै पनि फिल्ममा काम नगर्ने उनको भनाई छ । अनिताले भनिन्, 'मलाई उहाँको आचरण नै मन परेन ।'
 
अनितका अनुसार सुवासले आफूलाई निक्कै चलेको कलाकार सम्झने र नयाँसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने ज्ञान छैन । फिल्म 'सरी ल'को समयमा अनिताले चुम्बनको दृश्य नदिने बताउँदा सुवासले नयाँ कलाकार भएर भाउ नखोजी मागेको दृश्य दिनुपर्छ भनेका थिए । यहि कारणले नै सुवास र अनिताको सम्बन्ध विग्रिएको वुझिन्छ ।
 
फिल्म 'सरी ल'को एक दृश्यमा अनिता आचार्य र सुवास थापा 
 
'मैले फिल्म गर्नु पूर्व नै बेड सिन र किस सिन दिन सक्दिन भनेर एग्रिमेण्ट गरेको थिएँ । निर्देशकले भन्न नसकेको कुरा एउटा कलाकारले भन्न सुहाउँछ त ?', अनिता कड्किईन्, 'उहाँसँग अरू कुनै समस्या छैन । यति हो कि अब उहाँसँग फिल्ममा एकसाथ काम गर्न सक्दिन ।' 
Most Visited News (monthly)