Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`रेखासँग मेरो प्रतिस्पर्धा होइन` : आर्यन

फिल्मीखबर, काठमाण्डौ, 2014/12/25
अभिनेता आर्यन सिग्देलको फिल्म अलबिदा पौष २५ गतेबाट प्रदर्शनमा आउँदैछ । यही दिन रेखा थापाको अभिनय रहेको फिल्म 'तथास्तु' पनि हलमा लाग्दैछ । 
 
रेखा र आर्यन नेपाली फिल्म क्षेत्रका दुश्मन मानिन्छन् । यसैले पनि यो भिडन्तलाई २ दुश्मनको स्टारडम देखिने समय भनेर चर्चा गरिएको छ ।  अभिनेता सिग्देलले भने आफ्नो भिडन्त अरुसँग नभएको बताए । आर्यनले भने, 'मलाई कसको फिल्म आउँदैछ भन्ने मतलब छैन । मेरो प्रतिस्पर्धा मैसँग हो ।'
 
आर्यनले आफूलाई हेर्न दर्शक सधैं उत्सुक भएर रहने समेत बताए । बारम्बार रेखा थापासँग गाँसिए पनि आर्यन उनको बारेमा बोल्न त्यति उत्साहित भएको देखिदैन । आर्यनले आफ्नो कोही दुश्मन समेत नभएको बताए ।
 
हसन खानको निर्माणमा तयार भएको 'अलबिदा'मा आर्यनका साथमा अनिता आचार्य र हसनको अभिनय छ । यो फिल्ममा आर्यन प्रहरी अफिसरको भूमिकामा देखिएका छन् । 'अलबिदा'मा आर्यन र 'तथास्तु'मा रेखाले एक्सन दृश्य दिएका छन् । दुबैको एक्सन हेर्न दर्शक पक्कै आतुर छन् । 
Most Visited News (monthly)