फिल्म 'दासढुंगा'का निर्माता अपिल बिष्टले अब फिल्म निर्देशन गर्ने भएका छन् । उनले सोसल ड्रामा फिल्म 'झुम्की' निर्देशन गर्न लागेका हुन् । फिल्म बुझेर नै निर्देशनमा हात हालेको अपिलले बताए ।
पौष, फागुन र भाद्र गरि ३ सेड्युलमा छायांकन हुने 'झुम्की'को कथा राम बाबु गुरुङले लेखेका हुन् । हाल केहि दृश्यको छायांकन भैरहेको यस फिल्म पौष २२ पछि सम्पूर्ण कलाकारका साथमा छायांकनमा जानेछ । फिल्मको छायांकन दाङ, लमही, नारायणघाट, बुटवल तथा काठमाण्डौमा हुने बताईएको छ ।
अपिल बिष्ट फिल्म्स प्रोडक्सनको ब्यानरमा बन्ने यस फिल्ममा दायाहाङ राई, मनोज आरसी, रिश्मा गुरुङ, भोलाराज सापकोटा, प्रमोद अग्रहरी लगायतको अभिनय रहनेछ । शैलेन्द्र ध्वज कार्कीले खिच्ने यस फिल्ममा विजय बिराज बिष्ट र सरिता केसीको पनि लगानी रहने छ ।

