पौष २५ गते फिल्म 'अलबिदा' प्रदर्शनमा आउँदैछ । यो फिल्ममा आफूले अहिलेसम्मकै चित्त वुझेको द्धन्द्ध गरेको अभिनेता आर्यन सिग्देलको भनाई छ । आर्यनले संचारकर्मीसँग भने, 'यो फिल्ममा मैले चित्त बुझ्दो द्धन्द्ध गर्न पाएको छु । दर्शकलाई पनि चित्त बुझ्ने छ ।'
.jpg)
.jpg)
आर्यनले फिल्ममा मुस्लिम धर्म मान्ने एक प्रहरीको भूमिका निर्वाह गरेका छन् । फिल्ममा डीएसपीको भूमिकामा रहेका आर्यनले यसका लागि ७ केजी तौल समेत बढाएको खुलाएका छन् ।
अभिनेत्री अनिता आचार्यले यो फिल्म एकदमै राम्रो बनेको दाबी गरिन् । उनले फिल्ममा आफू पनि मुस्लिम धर्म मान्ने यूवतीको भूमिकामा देखिएको भन्दै आर्यनसँग काम गर्न पाउँदा खुशी लागेको बताइन् । आफू हिन्दू भएपनि मुस्लिम युवती बन्दा रमाईलो लागेको उनको भनाइ छ ।


निर्देशक लक्ष्मण रिजालले फिल्मको मुख्य केन्द्रविन्दु नै अभिनेत्रीमा रहेको बताए । उनले 'अलबिदा'लाई धर्मको नजरबाट हेर्न नमिल्ने बताए । 'यो प्रेमकथामा आधारित फिल्म हो, तर यसमा पात्र अनुसार धर्म पनि जोडिएको छ', रिजालले भने धार्मिक द्धन्दलाई फिल्ममा देखाएका छैनौं ।'
मुस्लिम समुदायका निर्माता तथा कलाकार हसन खानले 'अलबिदा'मा हिन्दु धर्म पान्ने पात्रको भूमिका निर्वाहा गरेको खुलाए । वास्तविक जीवनमा मुस्लिम धर्म मान्ने हसनले हिन्दु धर्म मान्ने पात्रका लागि कपाल पनि खौरिएका छन् ।
'मलाई भन्दा आर्यनलाई मुस्लिम समुदायको जस्तो देखिएकाले धर्मलाई 'एक्सचेञ्ज' गरेका हौं', हसनले भने, 'यो कथाको माग हो । दर्शकलाई 'रियालिस्टिक' देखाउन हामी एकअर्काको धर्मलाई आत्मसाथ गरेर पर्दामा देखिएका हौं ।'


तराई भेगमा छायाँकन गरिएको 'अलबिदा' आर्यन, हसन र अनिताकै सेरोफेरोमा घुमेको छ । यस्तै फिल्ममा नागेन्द्र रिजाल, सुरेश न्यौपाने, अमितेश शाह, पंकजराज जोशी, मोहन निरौला, शर्मिला खड्का लगायतको अभिनय हेर्न सकिन्छ ।
रामेश्वर कार्कीले खिचेको 'अलबिदा'मा ताराप्रकाश लिम्बुको संगीत छ । निर्माता तथा अभिनेता खानकै कथा रहेको यो फिल्मलाई निर्माणमा केशव घिमिरेले सघाएका छन् । विपिन मल्ल फिल्मका सम्पादक हुन् ।

