Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`आभाष`को पोष्टर बोकेर मन्दिरमा संयम

फिल्मीखबर, काठमाण्डौ, 2014/12/25
दोश्रो फिल्म 'पुण्टे परेड'को असफलताले अभिनेता संयम पुरीलाई ठूलै झट्का लागेको छ । यसैले उनी आफूद्धारा अभिनित तेश्रो फिल्म 'आभाष' चलोस् भनेर भाकलमा समेत गर्न थालेका छन् ।
 
 
संयम 'आभाष'को पोष्टर बोकेर खोटाडको हलेसी मन्दिर पुगेका छन् । उनले त्यहाँ पुगेर फिल्म सफलताका लागि कामना गरे । उनले आफू सहित सलोन बस्नेत र आश्मा डीसी रहेको पोष्टर लिएर हलेसी मन्दिरमा पुजा गरेका हुन् ।
 
गोविन्द शाहीको निर्माणमा तयार भएको यो फिल्म पौष २५ गतेबाट चल्दैछ । फिल्म चलेको खण्डमा सर्वाधिक ठूलो क्रेडिट संयमले नै पाउनेछन् । यसैले पनि 'सायद' फिल्ममा पाएको सफलता उनी यो फिल्ममा दोहोर्याउन चाहन्छन् । जसले गर्दा उनी सफलताको लागि भगवानसँग कामना गरिरहेका छन् ।
 
फिल्ममा निशा अधिकारी, प्रकृती श्रेष्ठ पनि छन् । सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्मले यूवापुस्ताको प्रेम र रोमान्सको बिषयलाई उठान गरेको छ । 
Most Visited News (monthly)