Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अपांग बालबालिकासँग भुनवको क्रिसमस

फिल्मीखबर, काठमाण्डौ, 2014/12/25
अभिनेता भुवन केसीले यस वर्षको क्रिसमस अपाब्गता भएका बालबालिकासँग मनाएका छन् । ललितपुरको बुबमती स्थित 'अपांग सेवा संघ'मा रहेका सुस्त मनस्थिति, दृष्टी विहिन आवाज विहिन र शारीरिक अपाँगता भएका ५२ जना बालबालिकसँग भुवनले क्रिसमस मनाएका हुन् ।  
 
 
 
राजधानीको काठमाडौं मल स्थित 'फेसियल हाउस सलुन'ले आफ्नोे सातौं वार्षिक उत्सव मनाउन आयोजना गरेको 'अपांगता भएका बालबालिकाहरुको सेवा' नामक कार्यक्रममा अभिनेता केसी प्रमुख अतिथि भएर पुगेका थिए । फेसियल हाउसका तर्फबाट ती असाहाय बालबालिकालाई जनही ज्याकेट तथा विभिन्न खाद्य सामग्री अभिनेता केसीको हातबाट प्रदान गरियो । 
 
त्यहाँका बालबालिकाहरुले अभिनेता केसीलाई उनका विभिन्न फिल्मका गीत गाएर सुनाएका थिए । उनीहरुको गीत सुनेर केसी निकै प्रफुल्लित देखिएका थिए । 'उनीहरूमाझ क्रिसमस मनाउन पाउँदा खुसी छु', अभिनेता केसीले भने । 
 
 
Most Visited News (monthly)