Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17011 - 17016 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-11-03, सोमवार

आफ्नो सन्तानको माया त कसलाई हुँदैन र ? नेपाली फिल्मका दुई चर्चित हस्ती अभिनेता भुवन केसी र निर्देशक शोभित बस्नेतलाई आफ्ना छोराहरुको चिन्ता छ । भुवनका छोरा अनमोल र शोभितका छोरा सलोन फिल्म नगरीमा जम्ने कोशिसमा छन् । यसैले पनि छोराहरुको करिअरलाई अगाडि बढाउन उनीहरू  नै लागेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-03, सोमवार

‘भेटि’ र ‘लफडा’ फिल्म निर्माण गरेका नारायण खतिवडाको तेस्रो फिल्म ‘मेरो मान्छे’को शुभमुहूर्त गरिएको छ । सोमबार चितवनको चित्रसारीमा अवस्थित चित्रसेन बाबा मन्दिरामा फिल्मको शुभमुर्हत गरिएको हो ।

रेम बिक, पोखरा, 2014-11-02, आईतवार

पछिल्लो समय नेपाली फिल्मले गाउँले परिवेशलाई टपक्क टिपेर कथा बुन्न थालेको छ । र, यस्ता फिल्मले बजारबाट राम्रो प्रतिक्रिया समेत पाईरहेका छन् । खासगरि मुलधारे नेपाली फिल्महरुले गाउँले परिवेशलाई कमै मात्र प्राथमिकता दिएको पाईन्छ । भलै भाषिक फिल्महरुको सवालमा गाउँले परिवेशले धेरै पहिलादेखि नै निरन्तरता पाईरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-02, आईतवार

दीपकराज गिरीले निर्माण गर्न लागेको दोश्रो फिल्म 'वडा नम्बर छ' गाउँको कथामा आधारित छ । तर, फिल्मको मुख्य यूवती भने शहरिया छन् । लामो समयदेखि एक सेक्सी लेडीको खोजीमा लागेका दीपकले भूमिका सुहाउँदो युवती प्रियंका कार्कीलाई लिएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-02, आईतवार

बलिउडका किङ मानिने शाहरूख खान आजबाट ४९ बर्षमा प्रवेश गरेका छन् । सन् १९६५ मा दिल्लीमा जन्मिएका साहरुख खान हाल बलिउडका सर्वाधिक सफल कलाकार मानिन्छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-02, आईतवार

बलिउड बक्सअफिसमा सबैभन्दा छिटो एक सय करोड कालेक्सन गर्न सफल फिल्म 'ह्याप्पी न्यू इयर'मा अभिनय गरेकी अभिनेत्री दीपिका पादुकोन निर्देशक फराह खानको नजरमा नपरेको रहस्य खुलेको छ । 

Results : 17011 - 17016 of 24017