Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्मफेयरमा सुनिल थापा | भोटको अपिल

फिल्मीखबर, काठमाण्डौ, 2014/12/31
नेपाली फिल्म क्षेत्रका चर्चित कलाकार सुनिल थापाको चर्चा अहिले बलिउडमा पनि हुन थालेको छ । फिल्म ‘मेरी कोम’मा बलिउड अभिनेत्री प्रियंका चोपडाको गुरुको रुपमा काम गरेपछि सुनिलको चर्चा सुरु भएको हो ।
 
 
सुनिल यतिबेला बलिउडका अन्य फिल्ममा काम गर्ने तयारीमा पनि लागेका छन् । सफलताको सिंढी चढ्ने क्रममा नेपाली फिल्मकर्मी र दर्शकका लागि अर्को सुखद कुरा सुनिलले दिएका छन् । 
 
भारतको चर्चित फिल्म अवार्ड मध्येको एक फिल्मफेयरमा उनी नोमिनेशनमा पर्नका लागि भोटको अपिल गरेका छन् । धेरै भोट पाएको खण्डमा सुनिल चर्चित फिल्म 'मेरी कोम'बाट उत्कृष्ट सह-अभिनेताको विधामा नोमिनेशनमा पर्नेछन् ।
 
सुनिलले आफ्नो फ्यानहरुसँग भोटिङका लागि आग्रह पनि गरेका छन् । बलिउडमा फिल्म फेयर अवार्ड जित्ने कलाकारलाई सफलताको श्रेणीमा राखिन्छ ।
 
Note : यहि जनवरी ७ सम्मका लागि खुलेको अनलाईन भोटिङ अनुसार तपाईले आधिकारिक वेवसाईटको Best Actor Supporting Role Male शिर्षक अन्र्तगत रहेको पहिलो बक्समा Sunil Thapa  र त्यस तलको दोश्रो बक्समा थापा अभिनित फिल्म Mary Kom टाईप गरी क्रमश Next गर्दै अन्त्यसम्म पुगी आफ्नो आधिकारिक ईमेल आईडी र नाम टाईप गरी भोट गर्नुपर्ने हुन्छ ।
 
 
Most Visited News (monthly)