Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17005 - 17010 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-11-04, मंगलवार

बलिउड बादशाह शाहरूख खानले यशराज फिल्म्सको 'धुम' फिल्मको चौंथो सिरिजका लागि अफर गरे काम गर्न राजी हुने बताएका छन् । आफ्नो जन्मदिनको अवसर पारेर आयोजना गरिएको एक समारोहमा पत्रकारसामु बोल्दै खानले भने, 'धुम ४ का लागि अफर आए खुसीका साथ काम गर्न तयार हुनेछु ।'

फिल्मीखबर, काठमाण्डौ, 2014-11-04, मंगलवार

सडक बालबालिकाको कथामा बनेको फिल्म 'चकलेट'को गीतको सुटिङ पोखरामा गरिएको छ । 'हद भन्दा बढि माया गर्छु' बोलको गीतमा निर्देशक प्रशन्न पौडेलले अभिनेत्री पूजना स्त्रीसँग नव अभिनेता आयुष्मान घिमिरेको जोडी जमाए । 

फिल्मीखबर, काठमाण्डौ, 2014-11-03, सोमवार

अलगधारमा रहेर फिल्म निर्माण गर्न रूचाउने निर्देशक श्याम बेनेगलले सोमबार राजधानीमा नेपाली युवा फिल्मकर्मी माझ फिल्म अनुभव साटे । ओस्कार कलेज र भारतीय दूतावासको संयुक्त आयोजनामा भएको अन्तकृया कार्यक्रममा बेनेगलले फिल्म, कलाकार र नेपाली फिल्मको सम्भावनाका बारेमा आफ्ना भनाई राखे ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-03, सोमवार

फिल्म 'बिर्खेलाई चिन्छस्'का निर्माता तथा कलाकार सुवास थापा पछिल्ला केही दिनदेखि मिडियाको अगाडि पर्न चाहन्नन् । सोमबार आयोजना भएको उनी अभिनित फिल्म 'सरी ल'को प्रिमियरमा उनी संचारकर्मी र क्यामेराको अघि पर्न नै चाहेनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-03, सोमवार

नेपाल रत्न तथा आभुषण संघको आयोजनामा हुन लागेको एक फेशन शो कार्यक्रममा बलिउड चर्चित अभिनेत्री रबिना टण्डन र्‍याम्पमा क्याटवाक गर्न नेपाल आउँदैछिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-03, सोमवार

लामो समयदेखि अस्वस्थ रहेका बलिउडका चर्चित कलाकार सदाशिव अम्रापुर्कारको निधन भएको छ । उनको विगत २ हप्तादेखि अम्बानी अस्पतालमा उपचार भैरहको थियो । फेफड रोगबाट ग्रसित सदाशिवको ६४ बर्षको उमेरमा आज बिहान निधन भएको हो ।

Results : 17005 - 17010 of 24017