Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गान्धीबाट प्रेरित `पीके`

फिल्मीखबर, काठमाण्डौ, 2015/01/01
फिल्म 'पीके'को विभिन्न धार्मिक समुहबाट भैरहेको विरोध र फिल्म हलमा भएको तोडफोडपछि यसका निर्देशक राजकुमार हिरानीले मुख खोलेका छन् । उनले एक पत्र सार्वजनिक गर्दै यस्तो विरोधले आफूहरु दुखित भएको जनाएका छन् । 
 
यस्तै हिरानीले यो फिल्म सन्त कबिर र महात्मा गान्धीबाट प्रेरित भएको खुलाएका छन् । यो फिल्मले यो ग्रहमा रहने सबै मानिस एक भएको तर्क गर्ने उनको भनाई छ । उनले यो फिल्मले महान हिन्दु धर्मलाई दर्शाउने भन्दै हिन्दुत्वको वेइजत भयो भनेर गरिएको विरोधले अचम्म लागेको बताएका छन् । 
 
'पीके'ले सच्चा धर्मको कुरा गर्ने र यसको दुरुपयोग गर्नेको विरोध गर्ने राजकुमारको पत्रमा उल्लेख छ । उनले आफूहरुको सोच कसैको भावानमा चोट पुर्‍याउने नरहेको खुलाएका छन् । आमिर खान, अनुष्का शर्मा लगायतका कलाकारले अभिनय गरेको यो फिल्मले अहिले बक्स अफिसमा नयाँ रेकर्ड बनाइरहेको छ । 
Most Visited News (monthly)