Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16999 - 17004 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-11-05, बुधवार

श्रद्धा फिल्म्सको ब्यानरमा निर्माण भईरहेको नेपाली कथानक फिल्म `तँ म र ऊ`बाट नेपाली फिल्म उद्योगमा थप एकजना महिला निर्देशकको आगमन भएको छ । नवराज प्रसाईको निर्माणमा सुदिन प्रसाईको लेखन, प्रस्तुती तथा अभिनय रहेको यस फिल्मलाई लछु गौतमले निर्देशन गरेकी हुन् ।  

फिल्मीखबर, मन्थली, 2014-11-05, बुधवार

रामेछापकी महिला नेतृ शान्तादेवी पौडेलले डकुमेन्ट्री हरेपछि आफ्नो मनमा क्रोध उत्पन्न भएको बताइन् । पटकपटक आँशु झारेकी उनले आफ्ना दाजुभाईको हत्यारालाई कारबाही गर्न सावित्रीले खेलेको भूमिकाको प्रशंसा गरिन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-11-04, मंगलवार

निर्देशक राजकुमार हिरानी फरक फिल्म बनाएर दर्शकको मन जित्न सिपालु मानिन्छन् । फिल्म 'थ्री इडियट्स' निर्देशन गरेर दर्शकको मन जितेका हिरानीले पछिल्लो पटक 'पीके' निर्देशन गरेका छन् । उक्त फिल्ममा भर्सटायल कलाकार अमिर खान बिभिन्न चरित्रमा देखिंदै छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-11-04, मंगलवार

नेपाल जेम एण्ड ज्वेलरी एसोसियसनको आयोजनामा बुधवार  काठमाण्डौको याक एण्ड यती होटलमा आयोजना हुन लागेको ज्वेलरी फेशन शोमा शोजटपरको रूपमा सहभागी बलिउडकी चर्चित अभिनेत्री रबिना टण्डन मंगलबार नेपाल आएकी छिन् । रबिना नेपालमै निर्माण भएका गरगहना पहिरेर र्‍याम्पमा उत्रने छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-04, मंगलवार

प्रदर्शन मितिसगै फिल्म ‘जिन्दगी रक्स’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाण्डौमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै भी प्रोडक्शनले प्रचारको थालनी गरेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-04, मंगलवार

अभिनेत्री नीता ढुंगानाले नव–कलाकार आमेश भण्डारीसँग विगत ३ बर्षदेखि प्रेममा रहेको खुलाएकी छिन् । दिनेश डीसीको निर्देशनमा बनिरहेको फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’मा अभिनय गर्दै गरेकी नीताले सोही फिल्मका अभिनेता आमेशसँग गहिरो प्रेममा रहेको खुलासा गरेकी हुन् ।

Results : 16999 - 17004 of 24017