नेपाली फिल्म प्रचारका लागि विभिन्न कलेज मुख्य आकर्षणमा पर्ने गरेका छन् । यूवा केन्द्रित फिल्मका लागि निर्माताहरु कलेज दौडनु र आफ्नो फिल्माप्रति आकर्षित गर्न खोज्नु पूरानो हुन थालिसकेको छ ।


पौष २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'आभाष'को निर्माण टोली पनि कलाकारको साथमा विभिन्न कलेज पुगिरहेको छ । आज नयाँ बानेश्वरस्थित नोबेल कलेजमा पुगेर यसका कलाकारले फिल्मको प्रचार गरे । प्रचारका लागि अभिनेता सलोन बस्नेत, अभिनेत्री आश्मा डीसी, निर्माता गोविन्द शाहीलगायत कलेज पुगेका थिए । उनीहरुले विद्यार्थीसँग बसेर 'आभाष'को कुरा गरे ।
निर्माता शाहीले डेढ दर्जन कलेजमा प्रचार गर्ने बताएका छन् । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको यो फिल्ममा निशा अधिकारी, संयम पुरी, आश्मा डीसी, सलोन बस्नेत, प्रकृती श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

