Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

नेपाली तारामा `तथास्तु`

फिल्मीखबर, काठमाण्डौ, 2015/01/01
बलिउडमा फिल्म प्रचारको उपयोगी माध्यम रियालिटी शोलाई पनि लिईन्छ । नेपालमा भने कम मात्रामा हुने रियालिटी शोमा नेपाली फिल्मको प्रचार पनि कम नै हुने गर्दछ ।   
 
 
 
आउँदो पौष २५ गते प्रदर्शन हुन लागेको फिल्म ‘तथास्तु’ले प्रचारको माध्यम रियालिटी शोलाई बनाएको छ । अभिनेत्री रेखा थापा आफूले अभिनय गरेको फिल्म ‘तथास्तु’को प्रचारका लागि 'नेपाली तारा' नामक रियालिटी शोमा पुगेकी हुन् । 
 
जगदिश्वर थापाको लेखन रहेको ‘तथास्तु’को प्रचार यसै साता तीन वटा च्यानलबाट प्रशारण हुने गायन प्रतियोगात्मक कार्यक्रम 'नेपाली तारा'मा गरियो । रेखाले अतिथि निर्णायकको भूमिकामा सहभागी भएर फिल्मको बारेमा बोलिन् । 
 
रेखाका लागि एक प्रतिस्पर्धीले ‘तथास्तु’को चर्चित गीत ‘कहिले माया स्याड फेस’ समेत गाइदिएका थिए । रेखाले प्रतिश्पर्धी सबैलाई शुभकामना दिईन् । उनले बन्न लागेको फिल्म 'राम प्यारी'को एक गीतमा तेस्रो हुनेलाई गाउन दिन घोषणा समेत गरिन् ।      
 
रेखाको मुख्य भूमिका रहेको फिल्म ‘तथास्तु’ लाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् । यो फिल्ममा रेखासँगै किशोर खतिवडा, सुवास थापा र विज्ञान जोशीको पनि अभिनय छ । बाबु श्रेष्ठको छायाँकन र रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्ममा बसन्त सापकोटाको संगीत छ । 
Most Visited News (monthly)