यहि फेव्रुअरी १ मा अष्ट्रेलियाको सिड्नी शहरमा प्रिमियर गर्न लागिएको फिल्म 'अधकट्टी'को टिजर सार्वजनिक गरिएको छ । अष्ट्रेलियाको लागि भनेर तयार पारिएको टिजरमा फिल्मका तीन मुख्य पात्रको परिचय दिइएको छ ।

द्धारिका उदय प्रोडक्सनले निर्माण गरेको कमेडी फिल्म 'अधकट्टी'लाई अर्चना थापाको सकृयातामा सिनेमा क्लबले अष्ट्रेलियामा प्रिमियर गर्न लागेको हो । नेपालमा रिलिज मिती तय नगरिएको यो फिल्मको अन्य देशमा पनि प्रिमियर गर्न तयारी भईरहेको निर्माता प्रदीप उदयले जानकारी दिए ।
सञ्चारकर्मी सुब्रत आचार्यले निर्देशन गरेको 'अधकट्टी'मा विल्सन विक्रम राई, गौरव पहारी, प्रदीप बाँस्तोला, अशिष्मा नकर्मी र रिस्ता बस्नेतको मुख्य भूमिका छ भने नम्रता श्रेष्ठ र गजित बिष्ट अतिथी भूमिकामा छन् ।

