पर्दामा रुचाइएको जोडीको रुपमा चिनिन्छन् अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ । यो जोडीले काम गरेका दुई फिल्म 'मेरो एउटा साथी छ' र 'नोभेम्बर रेन' सफल छन् ।

अब यो जोडी एक साथ चौथो फिल्म 'क्लासिक'मा देखिने भएको छ । अहिले आर्यन र नम्रता फिल्म 'होमवर्क'मा काम गरिरहेका छन् । 'होमवर्क'पछि यो जोडी 'क्लासिक'मा व्यस्त हुनेछ ।
दिनेश राउतले यो जोडीलाई फेरि पर्दामा ल्याउन लागेका हुन् । दिनेशले नै निर्देशन गरेको 'नोभेम्बर रेन'बाट यो जोडी चम्किएको थियो । सुवास गिरी इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरमा यो फिल्म बन्न लागेको हो । फिल्ममा आर्यन र नम्रता पक्का भएपनि अन्य कलाकार पक्का भएका छैनन् ।
नम्रतासँग मौखिक सहमती मात्र भएको र काम गर्न उत्साहित रहेको निर्देशक राउतको भनाई छ । फिल्मको छायांकन फागुनबाट सुरु गरिनेछ । छेतन गुरुङले लेखेको कथामा फिल्म बन्न लागेको हो ।

