

अहिले नेपाली फिल्म क्षेत्र शोकमा छ । बिहीवार बेलुकी आफ्नै निवासमा आत्महत्या गरेका निर्देशक आलोक नेम्वाङको शोकमा फिल्मकर्मीहरूले अश्रु धारा बगाए । आलोकलाई अन्तिम श्रद्धाञ्जली दिन कमलादीस्थित प्रज्ञा भवन पुगेका फिल्मकर्मीहरूका आँखा निरन्तर भिजिरहे ।

बिहीबार बेलुकी आत्महत्या गरेका निर्देशक आलोक नेम्बाङको शवको महराजगञ्ज स्थित टिचिङ अस्पातलमा पोष्टमार्टमको काम अन्तिम चरणमा रहेको बुझिएको छ । उनको शवलाई पोष्टमार्टम पछि प्रज्ञा लगिने छ ।

बिहीबार बेलुकी आत्महत्या गरेका निर्देशक आलोक नेम्बाङको शवलाई श्रद्धान्जलीका लागि कमलादी स्थित प्रज्ञाप्रतिष्ठानमा राखिने भएको छ । हाल महाराजगन्जस्थित टिचिङ हस्पिटलमा पोष्ट मार्टमको प्रक्रियामा रहेको उनको शवलाई पोष्ट मार्टम पछि प्रज्ञा लगिने निर्देशक सुरेश दर्पण पोखरेलले जानकारी गराए ।

चर्चित निर्देशक आलोक नेम्वाडको निधन भएको छ । उनको आज बेलुकी ८ बजे आफ्नै निवासमा झुण्डिएको अवस्थामा शव भेटिएको महाराजगञ्ज प्रहरीले जानकारी दिएको छ । 'सानो संसार'बाट निर्देशन यात्रा शुरू गरेका आलोकको पछिल्लो फिल्म 'अझै पनि' प्रदर्शनको क्रममा छ ।

आगामी मंसिर ५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'हमजायगा'को निर्माण युनिटले सामाजिक सेवामा आफ्नो हात अगाडी बढाएको छ । युनिटले सडक बालबालिका, श्रम कठिनाईमा परेका तथा यौन शोषणमा परेका बालबालिकाको निम्ति काम गर्दै आएको पोखराको किदासा अर्गनाईजेशनलाई एक लाख रूपैंया सहयोग गरेको हो ।

