Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(31 votes, avg 4.48/5.00)
Text size:-
+
-

अपडेट : क्याप्टेनसँग सुमिनाको बिहे हुँदै (तस्विरसहित)

फिल्मीखबर, काठमाण्डौ, 2015/01/01
अभिनेत्री सुमिना घिमिरेको आगामी बैशाखमा बिहे हुने बुझिएको छ । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार सुमिनाले विमान चालक (क्याप्टेन) रोशन सापकोटासँग बिहे गर्दैछिन् ।
 
 
एक गीतको म्युजिक भिडियोको सुटिङका बेला सुमिना र रोशनको चिनजान भएको हो । उक्त भिडियोमा सुमिनाले रोशनसँग अनस्क्रिन रोमान्स गरेको बताईन्छ । रोशनले नै बजारमा ल्याउन लागेको ‘अधेरी औशीको रातमा’ एल्बममा समावेश शिर्ष गीत सुटिङ गर्दा सुमिना र रोशनको भेट भएको हो ।
 
रोशनले डोमेस्टिक प्लेन चलाउने स्रोत बताउँछ । रोशनले अहिले नेपालमा कुनै पनि विमान उडाएका छैनन् । उनले विदेशमा केही बर्ष यो पेशा अपनाएका थिए । रोशन बिहेपछि आफ्नो पेशालाई निरन्तरता दिने तयारीमा छन् । काभ्रे स्थायी घर भएका रोशनको घर हाल कोटेश्वरमा छ । 
 
फिल्मबाट टाढिन खोजेकी सुमिना हाल मिडियाबाट संपर्क विहिन अवस्थामा छिन् । फिल्ममा जम्न नसकेपछि सुमिनाले बैबाहिक जीवन रोजेको बुझ्न सकिन्छ । बिहेको तयारीका लागि सुमिना गृहजिल्ला सुर्खेत पुगेकी छिन् । बिहे काठमाण्डौबाट नै हुने श्रोतले जानकारी दिएको छ ।
 
सुमिनाले अभिनय गरेका 'माला' र 'भिमदत्त' प्रदर्शनको तयारीमा छन् । यो फिल्म रिलिजसँगै फिल्मी करियर अगाडी नबढाउने सुमिनाले बताईसकेकी छिन् । 
 
Most Visited News (monthly)