Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

दिलिपसँग नन्दिताको युद्ध (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2015/01/01
पूर्ण रूपमा पारिवारिक प्रेमकथामा बनेको फिल्म 'लोग्ने मान्छे'को प्रोमो सार्वजनिक गरिएको छ । श्रीमान श्रीमतीबिचको प्रेम र द्धन्दलाई प्रस्तुत गरिएको यो फिल्ममा दिलिप रायमाझी र नन्दिता केसी मुख्य भूमिकामा छन् ।
 
 
प्रदीप मित्तलको निर्माणमा तयार भएको यो फिल्मलाई लय संग्रौलाले निर्देशन गरेका हुन् । टेलिफिल्म निर्देशनमा चर्चित मानिएका लयले पहिलो पटक फिल्म निर्देशन गरेका हुन् । उनले  फिल्मले पुरुषबाट प्रताडित हुने नारीको कथालाई उठान गरेको बताए ।
 
आगामी माघ २३ गतेबाट चल्ने यो फिल्मका परिकल्पनाकार उत्तम केसी हुन् । फिल्ममा कृष्ण श्रेष्ठको छायांकन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको द्धन्द्ध र वनिश शाहको सम्पादन छ । यो फिल्मलाई काठमाण्डौमा गोपाल कायस्थ र राजधानी बाहिर एफडी कम्पनीले वितरण गर्दै छ ।     

Most Visited News (monthly)