आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'आभाष'को गीत सार्वजनिक गरिएको छ । वास्तविक जीवनमा प्रेमीप्रेमिका रहेका संयम पुरी र आश्मा डिसी प्रस्तुत गीतमा फिचरिङ्ग छन् ।
'तिम्रो अंगालोमा' बोलको सार्वजनिक गीतमा यि दुईको प्रेमभावलाई देखाइएको छ । गीतमा इमिना सिंह (सुनिमा)को स्वर, सुजेन्द्र कार्कीको शब्द/ संगीत र गम्भिर विष्टको कोरियोग्राफी रहेको छ ।
क्रिएटिभ फिल्म र ग्लसी पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म 'आभाष'लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । गोविन्द शाही र दिपक शाहीले निर्माण गरेको यो फिल्ममा निशा अधिकारी, सलोन बस्नेत, सयंम पुरी, आष्मा डिसी लगायतका कलाकारहरुको अभिनय छ ।

