Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

प्रियंका कार्कीले यसरी नचाईन् (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2015/01/02
फागुन १५ गते रिलिज हुन लागेको फिल्म 'मिसन पैसा रिलोडेड'को रिमिक्स भर्सनको गीत रिलिज गरिएको छ । स्वर्गिय पाण्डव सुनुवारले संगीत भरेको प्रस्तुत गीतलाई किरण तुलाधरले रिमिक्स गरेका हुन् ।
 
 
अभिनेत्री निशा अधिकारी, हर्षिका श्रेष्ठ र अभिनेता आमिर गौतमलाई फिचरिङ्ग गरिएको प्रस्तुत भिडियोको करियोग्राफी अभिनेत्री प्रियंका कार्कीले गरेकी हुन् । प्रियंकाले यसअघि पनि केहि गीतमा करियोग्राफी गरिसकेकी छिन् ।
 
माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेको एक्सन फिल्म 'मिसन पैसा रिलोडेड'लाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् । यो फिल्ममा निशा, हर्षिका, आमिर र रेश मरहठ्ठाको मुख्य भूमिका छ ।     
 

Most Visited News (monthly)