बलिउडका चर्चित दुई कलाकार रणवीर सिंह र दीपिका पादुकोणले आफ्नो प्रेमलाई स्विकार गरेका छैनन् । तर, यी दुईको गुपचुप मस्ती भने कसैबाट छिपेको छैन ।

हालै मात्र दीपिका र रणवीर नयाँ बर्ष मनाउन न्यूयोर्क उडेको तस्बिर सार्वजनिक भएको छ । माल्दिभ्सको इब्राहिम नसिर अन्तरराष्ट्रिय विमानस्थलमा रणवीर र दीपिका देखिएका हुन् । उनीहरु माल्दिभ्सबाट अमेरिकाको न्यूयोर्क उडेका हुन् ।
फिल्म ‘रामलीला’को छायांकनपछि दीपिका र रणवीरको निकटता बढेको बताइन्छ । उनीहरु गहिरो प्रेममा रहेको भारतीय मिडियाले बारम्बार सार्वजनिक गर्दै आएका छन् । दीपिका र रणवीर अब ‘बाजीराओ मस्तानी’मा एकसाथ देखिनेछन् ।

