प्रदर्शन मिति नजिकिंदै गर्दा फिल्म 'अलबिदा'को रोमान्टिक गीत रिलिज गरिएको छ । 'पर्दा हटाउ' बोलको गीतमा अभिनेता हसन खान र अभिनेत्री अनिता आचार्यको प्रेमलाई प्रस्तुत गरिएको छ ।
सन्तोष लामाको स्वरमा समावेश यो गीतमा ताराप्रकाश लिम्बुको संगीत, गणेश शाहको शब्द छ । लक्ष्मण रिजालको निर्देशनमा तयार भएको यो फिल्ममा आर्यन सिग्देल, हसन खान र अनिता आचार्यको मुख्य भूमिका छ । मुस्लिम र हिन्दु धर्म मान्ने युवायुवतीको प्रेमलाई पस्कने यो फिल्म पौष २५ गतेबाट प्रदर्शनमा आउन छ ।

