Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेगुलर `इच्छा`

फिल्मीखबर, काठमाण्डौ, 2015/01/02
कलाकारहरु कोही व्यस्त त कोही सम्पर्कमा नआएपछि फिल्म 'इच्छा' यूनिटलाई अहिले केही तनाव त भएकै छ । जसले गर्दा निर्देशक मुनाल घिमिरे एक्लै प्रचारमा लागिरहेका छन् । 
 
 
प्रचार सुस्त देखिएपछि फिल्म 'हाउ फन्नी'को छायांकन सेटबाट नै कलाकार दयाहाङ राईले 'इच्छा'को बारे बोलेका छन् । दयाले यो फिल्ममा आफू होटल साहुजीको भूमिकामा देखिएको खुलाए । 
 
निर्देशक मुनाल घिमिरेसँग पहिलो पटक काम गर्दा नयाँ अनुभुती भएको भन्दै उनले यो फिल्मले सामाजिक कथा देखाउन खोजेको बताए । दया आफूले यो फिल्ममा निर्वाह गरेको भूमिका नयाँ नभएपनि दर्शकलाई हसाँउने खालको रहेको बताए । 'यो रेगुलर फिल्म हो तर दर्शकको मन छुने खालको छ', दयाले भने । 
 
दयाको कमेडी पाटोले अहिले दर्शकलाई उत्साहित बनाइरहेको छ । शिखा शाही, सुवास थापा लगायतका कलाकारको अभिनय रहेको यो फिल्मले बाबुआमा र छोराछोरीको फरक इच्छालाई व्यक्त गरेको छ ।
Most Visited News (monthly)