गोलाप्रथाबाट प्रदर्शन मिति पछि सरेपनि फिल्म 'अधकट्टी'को प्रचार भने सुरु गरिएको छ । एक महिनापछि अष्ट्रेलियामा प्रिमियर हुने भएपछि यसको प्रचार सुरु गरिएको हो ।

प्रदिप कुमार उदयको प्रस्तुतीमा तयार यो फिल्मलाई संचारकर्मी सुव्रत आचार्यले निर्देशन गरेका हुन् । फिल्ममा प्रदिप बाँस्तोला, रिस्ता बस्नेत, अशिष्मा नकर्मी, विल्सन विक्रम राई, गौरव पहारी लगायतका कलाकारलाई देख्न सकिन्छ ।
दर्शक हँसाउनका लागि तयार पारिएको 'अधकट्टी'मा समावेश 'ओए ओ' बोलको गीत सार्वजनिक गरिएको छ । गौरव पहारी र रिस्ता बस्नेतलाई देखाइएको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । यो गीतमा राजन इशान र सुवानी मोक्तानको स्वर, रंजित आचार्यको शब्द छ ।

