Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16975 - 16980 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-11-10, सोमवार

अभिनेता जीवन लुईटेल यो बर्ष सुटिङमा निकै व्यस्त रहे । तर, उनको यो बर्ष रिलिज हुने फिल्मको लिस्ट भने लामो छैन । उनको यो बर्ष 'शिशा' 'ठूली' र 'स्टुपिड मन' रिलिज भए । 'शिशा' र 'ठूली'बाट जीवनलाई खासै राहत मिलेन । 'स्टुपिड मन'बाट भने जीवनलाई केही फाईदा पुग्यो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-10, सोमवार

लामो समयदेखि छायाँकन हुन नसकेको फिल्म 'नो स्मोकिङ'को सुटिङ शुरू गरिएको छ । केहि दिनदेखि छायांकनरत यो फिल्मले आइतवार सुन्दरीजलको आसपासमा छायांकन गर्दै प्याकअप गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-10, सोमवार

आगामी शुक्रबार अर्थात कार्तिक २८ गते रिलिज हुन लागेको लभस्टोरी फिल्म 'जेरी'ले चलचित्र जाँचपास समितिबाट 'युनिभर्सल' सर्टिफिकेट पाएको छ । सोमबार बिहान सेन्सर बोर्डका सदस्यले फिल्म हेरेर 'यू' सर्टिफिकेट दिएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-09, आईतवार

सञ्चारकर्मी लक्ष्मण सुवेदीले निर्देशन गरेको फिल्म ‘एउटा साथी’को आज राजधानीमा विशेष शो सम्पन्न भएको छ । उक्त शोमा फिल्म पत्रकार र केही फिल्मकर्मी 'एउटा साथी' हेर्न उपस्थित थिए । 

फिल्मीखबर, काठमाण्डौ, 2014-11-09, आईतवार

बलिउडका चर्चित निर्देशक तथा करियोग्राफर प्रभु देवा भिलेन बन्ने भएका छन् । करियोग्राफर तथा निर्देशक रेमो डिसुजाले निर्देशन गर्ने 'एबिसिडी २'मा प्रभु नेगेटिभ भूमिकामा देखिन लागेका हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-11-09, आईतवार

कलाकार सुलेमान शंकर 'इकु'को घरबार बिग्रिएको छ । ५ बर्षअघि पोखराकी जया केसीसँग बिहे गरेका इकुले यसैबर्षको असार महिनामा उनीसँग सम्बन्ध बिच्छेद गरेका हुन् । सुलेमान र जयाको सम्बन्ध बिच्छेद असार २२ गते भएको खुल्न आएको हो । यो कुरालाई पुष्टी गर्दै सुलेमानले आफूहरु अहिले एकअर्काको सम्पर्कमा नरहेको बताएका छन् ।

Results : 16975 - 16980 of 24017