Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`अलबिदा`मा मेहबुब आलम

फिल्मीखबर, काठमाण्डौ, 2015/01/05
पौष २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अलबिदा’ हेर्न हलमा जाने तयारीमा हुनुहुन्छ भने तपाईंलाई एउटा सरप्राइज हुन सक्छ । यो फिल्ममा नेपाली क्रिकेट खेलाडी मेहबुब आलम पनि देखिनेछन् । 
 
निर्माणपक्षले यो कुरालाई गोप्य राख्दै आएको छ । उनी फिल्ममा विशेष भूमिकामा देखिन लागेका हुन् । उनको भूमिका क्रिकेट कै छ या अन्य, खुलाइएको छैन ।
 
आर्यन सिग्देल, हसन खान, अनिता आचार्य लगायतका कलाकारले मुख्य भूमिका रहेको यो फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । फिल्ममा ताराप्रकाश लिम्बुको संगीत, रामेश्वर कार्कीको छायांकन छ । 
 
हिन्दु र मुस्लिम धर्म मान्ने युवायुवतीको कथालाई पर्दामा उतारिएको यो फिल्ममा अभिनेता सिग्देल प्रहरीको भूमिकामा छन् ।
Most Visited News (monthly)